सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अन्तराष्ट्रिय कराँते प्रतियोगीता आजदेखि

२०७६ जेठ ९, ०७:२८ खबर संवाददाता

धनगढीमा आजदेखि “नवौ अन्तराष्ट्रिय गोजुरियो कराते प्रतियोगीता २०७६” सुरु हुँदै छ। सार्क राष्ट्रका विभिन्न देशहरुका ७ सय भन्दा बढी खेलाडीहरुको सहभागीता रहने प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको आयोजक राष्ट्रीय गोजुरियो कराते दो संघले जनाएको छ। प्रतियोगीतामा सहभागीताका लागी नेपालका विभिन्न प्रदेशहरुका टोली धनगढी पुगीसकेका छन् भने नेपाल बाहेकका विभिन्न देशहरुका खेलाडी तथा अफीसियलहरु पनि धनगढी पुग्ने क्रम जारी रहेको छ। भारत, बंगलादेश, भुटान, माल्दिभ्स, अफगानस्तान लगायतका देशहरुका खेलाडीहरु पनि धनगढीमा पुगीसकेका छन्। 

धनगढी स्थित क्षेत्रिय रंगशालामा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले प्रतियोगीताको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतियोगीताका संयोजक प्रकाश चन्दले जानकारी दिए। प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरि तीन विधामा प्रतिस्पर्धा हुने तीनै विधामा ४० स्वर्ण, ४० रजत र ८० कास्य गरी १ सय ६० पदकका लागि प्रतिस्पर्धा हुने चन्दले जानकारी दिए। प्रतियोगिताको प्रथम हुुने टिमले ७५ हजार पुरस्कार पाउने छ भने दोस्रो हुने टिमले ५० हजार पुरुकार पाउने छन । त्यस्तै टिम कुमुते विजेतालाई ५१ हजार, दोस्रोलाई ३१ हजार, तृतीयलाई २१ हजार प्रदान गरिने छ। 
 

कमेन्ट लोड गर्नुस