सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको "गोठालो" चिया एवं केक पसलले गर्‍यो उपमहानगरलाई सहयोग 

२०८० चैत्र २९, १०:२० खबर संवाददाता

धनगढी: धनगढीको "गोठालो" चिया एवं केक पसलले धनगढी उपमहानगरपालिकालाई औषधी  उपलब्ध गराएको छ। धनगढी-५ मा होटेल डिभोटी-पिपलचौतारा सडकमा रहेको "गोठालो" ले उपमहानगरद्वारा सञ्चालित विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका लागि औषधी  सहयोग गरेको हो।

"गोठालो" ले स्वास्थ्य क्लिनिक चलाउन २१ हजार ५ सय बराबरको औषधी नगर प्रमुख गोपाल हमालाई हस्तान्तरण गरेको छ। बुधवार गोठालो चियाका तर्फबाट विवेक विनाडी र महेश बडूले नगर प्रमुख हमाललाई औषधी हस्तान्तरण गरेका हुन्।

धनगढीका चिया तथा केक पारखीलाई फरक अन्दाज र स्वादको चिया तथा केक उपलब्ध गराउँदै आएको "गोठालो चिया एवं केक पसलले सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वसाधारणलाई वितरण गर्न औषधी सहयोग गरेको बिनाडीले बताएका छन्। औषधी सहयोग गरेकोमा नगर प्रमुख हमालले "गोठालो" चिया एवं केक पसलका सञ्चालकलाई धन्यवाद दिएका छन्।

कमेन्ट लोड गर्नुस