सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ट्याक्टर दुर्घटना, दुई घाइते

२०८० चैत्र २९, ०१:२६

धनगढी : अछाममा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

तोली जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक बाजुराको बुढीगंगा नगरपालिकाका २५ वर्षीय महेश भारती र सहचालक पञ्चदेवल विनायक नगरपालिका–२ का २७ वर्षीय नेत्र विक घाइते भएका हुन्।

बालुवा बोकेर विनायकबाट तोली जाँदै गरेको भे २ त १९८५ नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीहरूको जिल्ला अस्पताल अछाममा उपचार हुँदैछ।

 

कमेन्ट लोड गर्नुस