सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट ६ ग्राम लागुऔषध र ४१ हजारसहित एक जना पक्राउ

२०८० चैत्र २८, ०७:०० खबर संवाददाता

धनगढी : कैलालीबाट ६ ग्राम लागुऔषध र ४१ हजार नगदसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–२ का ३२ वर्षीय त्रिभुवन चन्दको कोठाबाट ६ ग्राम एक सय मिलिग्राम लागुऔषध, ४१ हजार नगद रुपैयाँ र एक मोबाइल फेला परेको प्रहरीले बताएको छ।

बुधवार पक्राउ परेका चन्दलाई प्रहरीको हिरासत कक्षमा राखिएको छ। घटनाका विषयमा थप अनुसन्धान जारी रहेको मालाखेती प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस