सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक महिला मृत फेला

२०८० चैत्र २८, ०५:०९ खबर संवाददाता

बैतडीः बैतडीमा एक महिला मृत अवस्थामा फेला परेकी  छिन्।

जिल्लाको पुर्चौडी नगरपालिका–४ भटना ओखडानीकी अन्दाजी २० वर्षिया रेखा भट्ट मृत फेला परेकी हुन्। पारिवारिक स्रोतका अनुसार रेखा यहि चैत्र २६ गते दिउँसो देखि सम्पर्क विहिन थिइन्।

रेखालाई आज (बुधवार) सोही वडाकै  रानीवनमा तीन दिन पछि मृत अवस्थामा फेला पारेको वडा नं  ४ का वडा अध्यक्ष दिलबहादुर  धानुकले बताए। रेखाको गत वर्ष मात्रै बिहे भएको थियो। उनका श्रीमान वैदेशिक रोजगारीको  सिलसिलामा भारतको  बेंगलोरमा रहेका बताइएको  छ। मृत्युको  कारण भने खुलेको छैन्, घटना बारे थप अनुसन्धान भैरहेको  प्रहरीले  जनाएको  छ।    
 

कमेन्ट लोड गर्नुस