सुदूर नेपाललाई विश्वसँग जोड्दै

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८० चैत्र २८, ०५:५१ खबर संवाददाता

दाङ: दाङमा मंगलबार राति यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका १७ बेलभारस्थित तुलसीपुरबाट काठमाडौं जाँदै गरेको तुलसीपुर यातायात प्रालिको ना ६ ख १४८६ नम्बरको बसले गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक घोराही १७ निवासी २३ वर्षीय सौगात वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ। त्यसैगरी दुर्घटनामा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका ११ निवासी ३५ वर्षीय शरद लामिछाने गम्भीर घाइते भएका छन्।

लामिछानेको दाहिने खुट्टालगायतका ठाउँमा चोट लागेको र अहिले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। प्रहरीले बस चालक तुलसीपुर ७ निवासी २९ वर्षीय राजेश परियारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लले जानकारी दिए।

कमेन्ट लोड गर्नुस