सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी साहित्यकार दीपिका विवशको निधन

२०८० चैत्र २७, १०:४४

धनगढी : साहित्यकार दीपिका विवशको निधन भएको छ। धनगढी उपमहानगरपालिका–१३ राजपुरकी दीपिका भट्ट (फुलारा)को मङ्गलवार निधन भएको हो।

एक महिनादेखि बिरामी रहेकी उनको काठमाडौँमा मङ्गलवार उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन्। उनको पेटमा समस्या देखिएको थियो।

उनलाई धनगढी ल्याइदैछ। बुधवार धनगढी उपमहानगरपालिका–१३ राजपुरको घरमा उनलाई पुर्‍याइने परिवारका सदस्यले बताएका छन्। विवश साहित्यकारसँग शिक्षिका हुन। उनले दिनेश एफएममा रेडियो कार्यक्रम ‘आधा आकाश’ र साहित्य कार्यक्रमसमेत सञ्चालन गरेकी थिइन।

 

कमेन्ट लोड गर्नुस