सुदूर नेपाललाई विश्वसँग जोड्दै

तान्जानियामा एक हप्तामा बाढीले १५ को मृत्यु

२०८० चैत्र २७, ०४:४७

डोडोमा  ः तान्जानियाका विभिन्न भागमा पछिल्लो सात दिनदेखि जारी भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १२ बालबालिका सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

तान्जानिया प्रहरी बलका प्रवक्ता डेभिड मिसिमेले प्रभावित क्षेत्रका अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई  वर्षा र बाढीको जोखिमबाट जोगाउन आग्रह गर्दै वर्षाले विनाशकारी परिणामहरू निम्त्याउन सक्ने कुरामा सचेत गराए।  

उनले धार्मिक नेता, शिक्षक तथा सरोकार वाला व्यक्तिहरूलाई वर्षाको समयमा आकस्मिक बाढी प्रभावित क्षेत्रमा बालबालिकाहरूलाई खेल्नबाट जोगाउनसमेत आग्रह गरेका छन्।   
 

कमेन्ट लोड गर्नुस