सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि ज्ञानकेन्द्र कैलालीद्धारा किसानलाई कृषियन्त्र वितरण

२०८० चैत्र २६, ०४:४८ खबर संवाददाता

धनगढीः कृषि ज्ञान केन्द्र कैलालीले वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र वितरण गरेको छ।

वितरण केन्द्रले जानकी गाउँपालिका–२ का मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरेको हो। किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिन गरि आठ लाख बराबरका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत रामनारायण चौधरीले बताए।

कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा अन्नपूर्ण कृषक समूह कालिकापुरमा २९ हेक्टर जमिनमा मकैखेती गरिएको छ। मकैखेतीमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदान प्रदान गरेको छ। किसानलाई मकैखेती विस्तारसँगै बजारीकरणमा सहयोग पुगोस् भनेर कृषि सामग्री वितरण गरिएको बाली विकास अधिकृत चौधरीले बताए।

कालिकापुरमा एक सय १९ किसानले अहिले व्यावसायिक मकैखेती गर्दैआएका छन्। मकै उत्पादन गर्न राम्रो क्षेत्र रहेको र बजारीकरणमा समस्या नभएकाले धेरै किसानले मकैखेती गरेका अन्नपूर्ण कृषक समूहका अध्यक्ष पदमबहादुर विष्टले बताए। 
 

कमेन्ट लोड गर्नुस