सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा खैरो हेरोईनसहित एक जना पक्राउ 

२०८० चैत्र २६, ०७:२८ खबर संवाददाता

बैतडीः बैतडीमा खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन्।

दशरथचन्द नगरपालिका–६ थालिगाडाबाट ६० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित दशरथचन्द–४ शाहीलेक बस्ने २४ वर्षीय सन्तोष टमटा आईतवार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले  उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस