सुदूर नेपाललाई विश्वसँग जोड्दै

खैरो हिरोइनसहित बैतडीबाट पक्राउ परे रावल

२०८० चैत्र २५, १२:०० खबर संवाददाता

दार्चुलाः खैरो हिरोइनसहित बैतडीबाट एक जना पक्राउ परेका छन्।

जिल्लाको नेपाल–भारत सीमा जोड्ने झुलाघाटबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको हो। भारतबाट नेपाल आउने क्रममा शनिबार साँझ खैरो हेरोइनसहित बिरेन्द्र रावललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार इलाका प्रहरी कार्यालय झुलाघाट र सशस्त्र प्रहरीको झुलाघाट बीओपीबाट खटिएको संयुक्त टोलीले रावललाई भारतबाट फर्कने क्रममा खैरो हेरोइन फेला परेको हो।

कागजको पुडियामा मुखभित्र राखेको अवस्थामा दुई सय मिलिग्राम लागूऔषधसहित रावललाई नियन्त्रणमा लिइएको बैतडी प्रहरीका सूचना अधिकारी खेमविक्रम केसीले बताए। आज (आइतबार) अदालतबाट म्याद थपेर उनीमाथि अनुसन्धान गरिनेछ।

कमेन्ट लोड गर्नुस