सुरक्षाकर्मीसंगको मुठभेडको क्रममा गोली लागेका एक विप्लव कार्यकर्ताको मृत्यु

सुरक्षाकर्मीसंगको मुठभेडको क्रममा गोली लागेर एक जना विप्लव नेतृत्व नेकपाका कार्यकर्ताको मृत्यु भएको छ। भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुङ्गमा गस्तीमा रहेको सुरक्षाकर्मीमाथी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकताले गोली प्रहार गरेपछि जवाफीमा कारवाही गर्दा घाइते भएका भोजपुरको षडानन्द नगरपालिका २ का ३२ वर्षीय तीर्थराज घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको तिघ्रामा गोली लागेको बताइएको छ। बुधबार बिहान ३ बजे उपचारको क्रममा धरानको घोपा क्याम्पमा उनको मृत्यु भएको जनाईएको छ। केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सिमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोलील सो क्षेत्रमा गस्ती बढाएको थियो। घटनास्थलबाट सुरक्षाकर्मीले पेस्तोल, गोली, बायनाकुलर, प्रचार प्रसारका सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।




