सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हुने अन्तराष्ट्रिय कराँते प्रतियोगिताको तयारी अन्तीम चरणमा

२०७६ जेठ ७, ०६:५७ खबर संवाददाता

धनगढीमा आयोजना हुन गइरहेको नवौ अन्तराष्ट्रीय गोजुरियो प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको छ। सार्क राष्ट्रका विभिन्न देशहरुका ७ सय भन्दा बढी खेलाडी हरुको सहभागीता रहने प्रतियोगीताको सम्पुर्ण प्राविधिक तयारी पुरा भएको आयोजक राष्ट्रीय गोजुरियो कराते दो संघले जनाएको छ। प्रतियोगीतामा सहभागीताका लागी नेपालका विभिन्न प्रदेशहरुका टोली धनगढीका लागी प्रस्थान गरि सकेका छन् भने नेपाल बाहेकका विभिन्न देशहरुका खेलाडी तथा अफीसियलहरु पनि धनगढी पुग्ने क्रम जारी रहेको छ। भारत, बंगलादेश लगायतका देशहरुका खेलाडी र कोचहरु धनगढीमा पुगीसकेका छन्।

जेठ ९ गते धनगढी स्थित क्षेत्रिय रंगशालामा प्रतियोगीताको उद्घाटन गरिने प्रतियोगीताका संयोजक प्रकाश चन्दले जानकारी दिए। प्रतियोगीताको मुख्य प्रायोजक रहेको राष्ट्रवादी विकाशिल अभियानका प्रतिनिधि पनि धनगढीमा आइसकेका छन्। प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरि तीन विधामा प्रतिस्पर्धा हुने तीनै विधामा ४० स्वर्ण, ४० रजत र ८० कास्य गरी १ सय ६० पदकका लागि प्रतिस्पर्धा हुने चन्दले जानकारी दिए। प्रतियोगिताको प्रथम हुुने टिमले ७५ हजार पुरस्कार पाउने छ भने दोस्रो हुने टिमले ५० हजार पुरुकार पाउने छन्। त्यस्तै टिम कुमुते विजेतालाई ५१ हजार, दोस्रोलाई ३१ हजार, तृतीयलाई २१ हजार प्रदान गरिने छ। 

कमेन्ट लोड गर्नुस