सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडक ठेक्का लिएकै ठेकेदारको नाममा डेढ करोड बेरुजु

२०८० चैत्र २३, ०६:५६ कमल सावद

धनगढीः मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणका लागि २०७४ सालमा ठेक्का सम्झौता भयो। एक अर्ब ८४ करोडमा १४ दशमलव २ किलोमिटर लामो सडक २ वर्षमा निर्माणका लागि तीन खण्डमा ठेक्का सम्झौता भएको थियो।

मोहनापुलदेखि बोराडाँडीसम्मको चार दशमलव पाँच किलोमिटरमा शर्मा अमर नागार्जुन जेवी, बोराडाँडीदेखि गेटाको आरपी प्लोर मिलसम्मको चार दशमलव पाँच किलोमिटर सडक लामा राजेन्द्र डाँफे र प्लोर मिलदेखि अत्तरियाम्मको पाँच दशमलव १९७ किलोमिटर सडक राजेन्द्र डाँफे जेवीले निर्माण गरेका छन्। तर, तीन खण्डमा नै काम गरेका निर्माण कम्पनीहरूको बेरुजु देखिएको छ। एउटै खण्डमा एक करोड ५० लाखभन्दा बढी बेरुजु देखिएको मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजना कार्यालयका प्रमुख रामबहादुर गुरुङले बताए। उनले भने, ‘बेरुजु हामीले फच्र्छौटका लागि पठाएका छौ। तर, भएन भने उहाँहरूले तिर्नुपर्ने हुन्छ। उहाँहरूले कानुनी उपचार खोज्न पाउनु भयो।’

बोराडाँडीदेखि गेटासम्म काम गरेको निर्माण कम्पनीले १२ लाख बढी रकम फिर्ता गर्नुपर्ने देखिएको छ। निर्माण कम्पनीले ठेक्का सम्झौता अनुसार काम नगरेपछि रकम फिर्ता गर्नुपर्ने देखिएको हो। मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत शाखा सडक कालोपत्र तथा ग्राभेल लगायतको काम निर्माण कम्पनीहरूले गरेका छैनन्। यस कारण पनि निर्माण कम्पनीहरूको नाममा बेरुजु देखिएको छ। ‘उहाँले पाउने भन्दा पनि तिर्नुपर्ने छ,’ गुरुङले भने।

शर्मा अमर नागार्जुन जेबीले झण्डै ६० लाख र राजेन्द्र डाँफे जेबीले झण्डै ५० लाख रुपैयाँ पाउन बाँकी छ। तर, लामा राजेन्द्र डाँफेले १२ लाख बढी रुपैयाँ आयोजनालाई फिर्ता गर्नुपर्ने देखिएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजना कार्यालयका प्रमुख रामबहादुर गुरुङले एक करोड ५० लाख भन्दा एक खण्डको बेरुजु रहेको बताए। उनले नेपाल राष्ट्र बैँकका कारण बेरुजु बढी देखिएको बताएका छन्।

मोहनापु–अत्तरिया ६ लेन सडकको काम गरेका निर्माण कम्पनीहरूले हस्तान्तरणका फाइलहरू आयोजना कार्यालयमा बुझाएका छन्। तर, आयोजना कार्यालयले बेरुजु रकम तिर्न बाँकी रहेको भन्दै मन्त्रालय हुँदै महालेखाको कार्यालयमा फाइल पठाउने तयारी गरेको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस