कञ्चनपुरमा लागूऔषधसहित दार्चुलाका एक युवक पक्राउ
धनगढीः कञ्चनपुरमा लागूऔषधसहित दार्चुलाका एक युवक पक्राउ परेका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोके बजारबाट अबैध लागूऔषध (नाइट्राजेपाम) १५ ट्याब्लेटसहित दार्चुलाको महाकाली नगरपालिका-५ गल्फै बस्ने २३ वर्षीय बिनोद ठगुन्ना बुधवार साँझ पक्राउ परेका हुन्।
प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ठगुन्नाको साथबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।