सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलडाँडी स्थित एक गोठमा आगलागी 

२०८० चैत्र २२, ०८:०५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी स्थित एक गोठमा आगलागी भएको छ।

बेलडाँडी गाउँपालिका-२ शिविर बस्ने चित्रे दमाइको गोठमा बुधवार राति आगलागी भएको हो। आगलागी हुँदा गोठको साथै गोठभित्र रहेका एउटा गाई र एउटा गाईको बाच्छो जलि घाईते भएको र ३ वटा बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ।

उक्त आगलागीबाट अन्दाजी ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ। आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट आवश्यक अनुसन्धान भईरहेको छ। 

कमेन्ट लोड गर्नुस