सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

२०८० चैत्र २२, ०७:५३ खबर संवाददाता

दार्चुलाः दार्चुलामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।

दार्चुलाको महाकाली नगरपालिका-३ गराखु मानाकोट स्थित मुल्ला बगरबाट बाँज तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०२००२ त १५९२ नम्बरको ट्याक्टरमा सवार महाकाली नगरपालिका-३ को मानाकोट बस्ने अन्दाजी ४० वर्षीय हरकसिंह नगालको ट्याक्टरबाट खसेर बुधवार राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिई ट्याक्टर चालक महाकाली नगरपालिका-३ बाँजघाट बस्ने २५ वर्षीय भुवनसिंह महरालाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस