सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमा वर्षाका कारण सात जनाको मृत्यु

२०८० चैत्र २१, १०:२८ खबर संवाददाता

एजेन्सीः आइतवारदेखि पूर्वी चीनको जियाङ्सी प्रान्तलाई असर गरिरहेको असिना र मुसलधारे पानी वर्षा हुँदा मृत्यु हुनेहरूको सङ्ख्या सात पुगेको छ।

जियाङ्सी प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयको तथ्याङ्क अनुसार बुधवारसम्म प्रान्तीय राजधानी नानचाङसहित नौ सहरका ५४ काउन्टीहरू खराब मौसमबाट प्रभावित भएका थिए। वर्षाका कारण ९३ हजार मानिसहरू प्रत्यक्ष प्रभावित भएका छन्।

खराब मौसमका कारण पाँच हजार ७०० हेक्टर क्षेत्रमा लगाएको बाली र १२ हजार घरमा आंशिक क्षति भएको छ। वर्षाले अन्य ८० हजार घरहरूमा सामान्य क्षति पु¥याएको छ। प्रकोपले गर्दा निम्त्याएको आर्थिक नोक्सानको प्रारम्भिक अनुमान १५ करोड युआन पुगेको छ।

प्रान्तीय मुख्यालयले मङ्गलवारदेखि तीन चरणमा बाढी नियन्त्रण आपत्कालीन प्रतिक्रिया सुरु गरी असहज मौसमको कारण नदीको बाढीको जोखिमबाट सचेत रहन प्रेरित गरेको छ।
 

कमेन्ट लोड गर्नुस