नक्कली टिकट ठेली प्रकरणः वर्तमान र पूर्व अध्यक्ष धरौटीमा रिहा
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/426392106_775663501116832_362508183226453537_n_0_1.gif?itok=6dXUsdDO)
धनगढीः अत्तरिया महोत्सवको नक्कली ठेली प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्व अध्यक्ष र बर्तमान अध्यक्ष दुबै जना आज (बुधवार) आठ दिन पछि धरौटीमा छुटेका छन्।
उक्त प्रकरणमा मुछिएका अत्तरिया उद्योग बाणिज्य संघका बर्तमान अध्यक्ष कल्याण सिंह बोहरा, र पूर्व अध्यक्ष अशोकराज देबकोटा जनही ५० हजार धरौटीमा रिहा भएका छन्। बुधवार भएको थुनचेक बहस पछि उनीहरुलाई सरकारी ओकिलको कार्यालयले छुटाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीको फरार सूचीमा रहेका वर्तमान अध्यक्ष कल्याणसिंह बोहरा र पूर्व अध्यक्ष अशोकराज देवकोटाले जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगेर चैत्र १४ गते आत्म समर्पण गरेका थिए। दुबै जना करिब डेढ महिनादेखि फरार थिए। दुबै जना सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टीकट ठेली प्रकरणमा जोडिएका थिए।
प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट फेला परेका थिए। प्रादेशिक महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट बिक्रीका लागि ठेली छपान गरिएको थियो। दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, स्ववियुले प्रतिटिकटमा २ रुपैयाँ पाउने सम्झौतामा बिक्रीको काम गरेको थियो। रेडक्रसले समेत एक रुपैयाँ पाउने सम्झौता थियो। तर, संघका महासचिव खड्काले २८ वटा नक्कली ठेली नियन्त्रणमा लिएपछि घटना प्रहरीमा पुगेको हो।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)