सुदूर नेपाललाई विश्वसँग जोड्दै

अण्डाको समर्थन मूल्य तोकियो

२०८० चैत्र २१, ०७:३४ खबर संवाददाता

काठमाडौँः नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ।

नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ। नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ। त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ।

संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न  व्यवसायीहरूलाई आग्रह गरेको छ। इटहरी, धनगढी र काठमाडौंमा यही चैत १९ देखि २१ गते सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो।
 

कमेन्ट लोड गर्नुस