सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ट्याक्टर दुर्घटना

२०८० चैत्र २१, ०६:१९ खबर संवाददाता

अछामः अछाममा ट्याक्टर दुर्घटना भएको छ। अछामको रामारोसन गाउँपालीका–३ सितारपानीमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन्।

अछामको जैगढबाट बालुवा बोकेर रामारोसन गाउँपालीका तर्फ जाँदै गरेको से १ त ३१४८ नम्बरको ट्याक्टर रामारोसन गाउँपालीका–३ सितारपानीमा दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ।

ट्याक्टर दुर्घटना हुदा चालक कैलालीको घोडाघोडी नगरपालीका–९ का कालीचरण चौधरी घाईते भएका छन्। बालुवा बोकेको ट्याक्टर उकालोमा ब्याक भएर पल्टिएको हो। दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस