सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीर्थराज बोहराको नाम नाउपाको नयाँ समानुपातिक सांसदमा सिफारिस

२०८० चैत्र २१, ०५:१६ खबर संवाददाता

धनगढीः नागरिक उन्मुक्ति पार्टीको नयाँ समानुपातिक सांसदमा तीर्थराज बोहराको नाम सिफारिस गरिएको छ।

पार्टीका केन्द्रीय सदस्य रहेका बोहरालाई समानुपातिक सांसदमा सिफारिस गरिएको हो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद तथा राज्यमन्त्री इन्दिरा गिरीलाई कारबाही गर्दै गिरीको ठाउँमा बोहरालाई सिफारिस गरेको हो। बोहरा टीकापुरका हुन्।

गिरी पार्टीको विधान र नीति विपरीत सरकारबाट फिर्ता नभएपछि उनलाइ कारबाही गर्दै बोहरालाई सिफारिस गरिएको टीकापुरका मेयर समेत रहेका नाउपाका संस्थापक नेता रामलाल डंगौराले बताए। 
 

कमेन्ट लोड गर्नुस