सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट विभिन्न मुद्दाका ४ फरार प्रतिवादी पक्राउ

२०८० चैत्र २१, ०८:५७ खबर संवाददाता

धनगढीः कैलालीबाट विभिन्न मुद्दाका ४ फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका जोशीपुर गाउँपालिका–१ बस्ने दिलीपसिह बोहरा, ठगी मुद्दामा १ महिना २७ दिन कैद सजाय ठहर भएका कैलारी गाउँपालिका–९ बस्ने शिवकुमार चौधरी, अपहरण तथा शरीर बन्धक मुद्दामा ३ वर्ष कैद सजाय र ३० हजार जरिवाना ठहर भएका कैलारी गाउँपालिका–८ बस्ने राजेश चौधरी तथा सोही मुद्दामा ३ वर्ष कैद सजाय र १० हजार जरिवाना ठहर भएका कैलारी गाउँपालिका–८ बस्ने सिताराम चौधरी रहेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै जना प्रतिवादीलाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

कमेन्ट लोड गर्नुस