सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालले गर्‍यो जगदम्बा र इन्फिनिटी होल्डिङ्गसलाई सम्मान

२०८० चैत्र २०, ०७:०७ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीले जगदम्बा स्टील्स प्रालि काठमाण्डौँ र इन्फिनिटी होल्डिङ्गस प्रालि ललितपुरलाई सम्मान गरेको छ।

अस्पतालले दुबै प्रालिबाट संयुक्त रुपमा एक थान अक्सिजन प्लान्ट प्रदान गरि सहयोग गरेको भन्दै सम्मान गरेको हो।

अस्पतालले इन्फिनिटी होल्डिङ्गस प्रालि ललितपुरले सामाजिक तथा परोपकारी कार्यप्रति सेती प्रादेशिक अस्पताल परिवार हार्दिक आभार व्यक्त गर्दछ भन्दै सम्मानपत्र प्रदान गरेको छ।

कमेन्ट लोड गर्नुस