सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेला परिन् बैतडीकी माधवी

२०८० चैत्र २०, ०६:४६ खबर संवाददाता

बैतडीः सोमबार बिहानदेखि हराइरहेकी बैतडीकी एक महिला फेला परेकी छन्।

जिल्लाको पाटन नगरपालिका–१० सल्लेबासा घर भएकी २० बर्षीया माधवी भट्ट सोमबार बिहानदेखि बेपत्ता भएकी थिइन्। उनी मंगलबार दिउँसो घर नजिकैको चेम्बरा खोलामा फेला परेको उनका आफन्त जयराज भट्टले बताए। खोजी गर्दै जाँदा उनी सकुशल भेटिएको हुन्। उनको स्वास्थ्य अवस्था समान्य रहेको उनले बताए।

घरबाट स्याउला काट्न जान्छु भनेर हिँडेकी माधवीको मोबाइल, हसिया र डोरी बाटोमा छोडेर बेपत्ता भएकी थिइन्। त्यसपछि घरपरिवार र गाउँलेहरुले उनको खोजी गरेका थिए। खोजी गर्दै जाँदा उनी मंगलबार दिउँसो फेला परेकी हुन्। माधवी एक्लै खोलामा किन बसिन् भन्ने बिषय भने खुलेको छैन्।

कमेन्ट लोड गर्नुस