सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायक चक्र बमको प्रस्तुतीमा झुम्यो बाजुरा, सुरक्षाकर्मी पनि नाचे

२०७६ जेठ ७, ०२:३८ खबर संवाददाता

अहिले बाजुरा महोत्सव सदरमुकाम मार्तडीमा जारी छ। पहिलो पटक आयोजना भएको महोत्सवमा अधिकासं सुदूरपश्चिमकै कलाकारहरुलाई आमन्त्रण गरिएको छ। सोही क्रममा गायक चक्र बमले पनि महोत्सवमा आफ्नो प्रस्तुती राखेका छन्। उनको प्रस्तुतीमा दर्शकले भरपुर साथ दिए भने ड्युटीमा रहेका सुरक्षाकर्मी पनि उनको प्रस्तुतीमा रमाएका थिए। 

‘नाच मेरी झुमा नाचिदे छमछम’, ‘क्या खतरा गीत बजायो यार डीजेवालाले’ र ‘चुइगम पड्काउन्या, दारु सड्काउन्या’ जस्ता एकपछि अर्को गर्दै बमले बजारमा ल्याएका गीत गाउँन थालेपछि महोत्सवको माहोल नै फेरिएको थियो। यी गीतले उनलाई एकाएक चर्चामा ल्याइदिएको थियो। गयक बलमे ल्याएका उक्त गीतहरुमा सुदूरपश्चिमको डोटेली भाषा प्रयोग गरिएको छ तर डेउडा गीत भन्न भने उनी आफै पनि रुचाउदैनन्। 
 

कमेन्ट लोड गर्नुस