कैलालीका दुई फरार प्रतिवादी पक्राउ
धनगढीः कैलालीका दुई फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुई जना दोषी पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सरकारी छाप कृते दस्तखत मुद्दामा ११ महिना ५ दिन कैद सजाय र ५० रुपैँया जरिवाना ठहर भएका जोशीपुर गाउँपालिका-२ बस्ने लायकराम कुस्मी र सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय ठहर भएका टीकापुर नगरपालिका-१ बस्ने सुर्य शाह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको जनाइएको छ।