सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा कोदोको बोराभित्र चरेश फेला, दुई जना पक्राउ

२०८० चैत्र २०, ०७:४२ खबर संवाददाता

दार्चुलाः दार्चुलामा कोदोको बोराभित्र चरेश फेला परेको छ।

दार्चुलाको महाकाली नगरपालिका-१ श्रीबगर स्थित दार्चुला–तिंकर सडक खण्डबाट २ किलो ७०० ग्राम लागूऔषध (चरेश)सहित कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ बस्ने २७ वर्षीय हर्कलाल रानालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा रानाले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००१ त १३१० नम्बरको ट्याक्टको ट्रालीमा कोदोको बोराभित्र लुकाइ छिपाई राखेको अवस्थामा चरेश फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

सोधपुछ गर्दा उक्त सामान पठाउने ब्यक्ति दार्चुलाको ब्याँस गाउँपालिका-४ सुनसेरा बस्ने ५५ वर्षीय जयलाल कुँवर भनि खुलेपछि उनलाई समेत प्रक्राउ गरि चरेश र ट्याक्टरसहित दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा दार्चुला प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

कमेन्ट लोड गर्नुस