सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा विस्फोट हुँदा नौ बालबालिकाको मृत्यु

२०८० चैत्र १९, ०५:२९ खबर संवाददाता

काबुलः अफगानिस्तानको गजनी प्रान्तमा बिस्फोटक पदार्थ बिस्फोट हुँदा नौ बालबालिकाको ज्यान गएको छ।

आइतवार दिउँसो चारदेखि दश वर्ष उमेर समूहका ती बालबालिकाले बेबारिसे बम खेलाउँदा अचानक बिस्फोट भएको थियो।

उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको बख्तारले गजनीका सूचना र संस्कृति विभागका निर्देशक मुल्लाह हमिदुल्लाह निसारलाई उद्धृत गर्दै जनाएको छ। गत मार्च २२ मा पनि दक्षिणी हेलमन्ड प्रान्तमा एक बम बिस्फोटमा परेर तीन बालबालिकाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए। रासस
 

कमेन्ट लोड गर्नुस