सुदूर नेपाललाई विश्वसँग जोड्दै

जरिबानाको रकम सोझै बैंक खातामा जाने गरि ट्राफिकले ल्यायो ‘किस्को मेसिन’

२०८० चैत्र १९, १०:४९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा पहिलोपटक जरिवानाको रकम सोझै ट्राफिक प्रहरीको बैंक खातामा संकलन हुने उपकरण जडान भएको छ।

किस्को मेसिन अर्थात सवारीसाधनबाट संकलित विभिन्न शिर्षकको रकम सोझै बैंक खातामा जम्मा हुने प्रणाली सञ्चालनमा ल्याएको छ। आइतबार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजिवबहादुर बस्नेतले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा सो उपकरणको उद्घाटन गरेका छन्। मेसिनले सेवाग्राहीले ट्राफिकको फाइन तिर्न अब बैंक धाउने बाध्याता अन्त्य गराउने वस्नेतले बताए।

यस्तो उपकरण काठमाडौ उपत्यका बाहिर सुदूरपश्चिमका ७ ठाउमा पहिलो पटक राखिएको छ। उनकाअनुसार मेसिनले बैंकमा पैसा जम्मा गर्ने, रिचार्ज गर्ने जस्ता सवा प्रवाह गर्ने छ। यो मेसिन कैलाली र कञ्चनपुरका सात स्थानमा सञ्चालन गरिए पनि पहाडी जिल्लामा समेत विस्तार गर्ने योजना छ।

कमेन्ट लोड गर्नुस