सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज रानाथारु समुदायले खखडेहरा पर्व मनाउँदै

२०८० चैत्र १९, ०६:२० खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन्।

रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।

सुदूरपश्चिम प्रदेश सरकारले सोमवार (आज) सार्वजनिक बिदा समेत दिएको छ। चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए। 

कमेन्ट लोड गर्नुस