सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौ संरक्षणकर्मी यस्पालले सुरू गरे स्टेसनरी व्यवसाय

२०८० चैत्र १७, ०८:१९ खबर संवाददाता

धनगढीः धनगढीका गाई संरक्षणकर्मी यस्पाल अवस्थीले स्टेसनरी व्यवसाय सुरू गरेका छन्।

लामो समयदेखि गाई संरक्षणको काममा प्रत्यक्ष संलग्न अवस्थीले धनगढी–३ चटकपुरमा पुस्तक तथा स्टेसनरी पसल सुरू गरेका हुन्। शनिवार धनगढी बुक ट्रेडर्स एण्ड सप्लायर्स सुरू गरेका अवस्थीको पसलको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐर,गौ संरक्षणकर्मी रिता अवस्थी र सिताराम अवस्थीले उद्घाटन गरेका हुन्।

पुस्तक पसलमा विद्यालय तहका किताब, लोक सेवा तयारीका पुस्तक तथा विभिन्न स्टेसनरी सामग्री सुपथ मूल्यमा बिक्री गर्ने सञ्चालक अवस्थीले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस