सुदूर नेपाललाई विश्वसँग जोड्दै

हराएका दुई बालक पाँच दिनपछि भेटिए

२०८० चैत्र १७, ०१:२८ खबर संवाददाता

बैतडीः हराएका दुई बालक पाँच दिनपछि भेटिएका छन्।

बैतडीको सिगास गाउँपालिका–४ का बेपत्ता भएका दुई बालक पाँच दिनपछि फेला परेका छन्। चैत्र १२ गतेदेखि घरबाट विद्यालय जान्छु भन्दै हिडेका करिब १३ वर्षीय हरिश धामी र ९ वर्षीय गणेश धामी शनिबार बिहान आफन्तको घरमा पुगेका हुन्।

हराएका दुबै बालक सिगास गाउँपालिका–१ मा रहेका आफन्त खडकसिंह धामीको घरमा शनिबार आफैं फर्किएर आएको प्रहरीले जनाएको छ। सोमबार घरबाट हिडेका दुबै जना मंगलबार साँझ पाटन नगरपालिका–८ स्थित ज्याफूको एक पसलमा बसेका थिए। त्यहाबाट पनि भोलिपल्ट बिहानै भागेका दाजु–भाइ आफैं फर्किएर आएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस