सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सुदृष्टि आँखा केन्द्रद्वारा पत्रकारको निःशुल्क आँखा चेकजाँच

२०८० चैत्र १६, ०८:१९ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको सुदृष्टि आँखा केन्द्रले आज शुक्रवार पत्रकारहरुको निःशुल्क आँखा चेकजाँच गरेको छ।

पत्रकार महासंघको ६९ औँ स्थापना दिवसको अवसरमा सुदृष्टि आँखा केन्द्रले १२ जना पत्रकारको निःशुल्क आँखा चेकजाँच गरेको हो।

स्थापना दिवसको अवसरमा पत्रकार साथीहरुलाई राहत होस् भनेर सुदृष्टि आँखा उपचार केन्द्रमा निःशुल्क आँखा चेकजाँचको व्यवस्था मिलाएको पत्रकार श्रवण देउवाले बताए। पत्रकार साथीहरु विभिन्न रिर्पोटिङमा जाँदा होस् या अफिसमै कम्युटरमा बसेर काम गर्दा आँखा सम्बन्धी रोग लाग्ने सम्भावना भएकाले यो ब्यवस्था आफैले मिलाएको उनले बताए।

सुदृष्टि आँखा केन्द्रकी सञ्चालक डाक्टर सावित्री भट्टले चेकजाँचका क्रममा पत्रकारहरूलाई चश्मामा १५ प्रतिशत र सनग्लासमा २० प्रतिशत छुट दिइएको बताइन्। उनले पत्रकारलाई अन्य दिनमा पनि विशेष छुट दिने व्यवस्था रहेको बताइन्। 
 

कमेन्ट लोड गर्नुस