सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल बन्द भएको १५ दिन, स्तरबृद्धिको कार्यले गति लिन सकेन

२०७६ जेठ ६, ०६:५६ नवराज पनेरु

बैशाख २२ गतेदेखि सुरु भएको धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्यले गति लिन सकेको छैन्। एक महिनाका लागि विमानस्थल बन्द गर्दै काम सुरु गरेको १५ दिन भईसक्दा समेत स्तरबृद्धिको कार्यले गति लिन नसकेको हो। धावनमार्गमा पहिलेको स्टीमेट भन्दा बढि काम गर्नुपर्ने देखिएको छ भने निर्माण सामाग्री ल्याउँदा पनि घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यताका कारण अपेक्षाकृत रुपमा काम अगाडी बढ्न नसकेको हो। अहिले सम्म ३० प्रतिशत मात्रै भौतिक प्रगती भएको निर्माण कम्पनीले जनाएको छ। अहिले जिर्ण भएको धावनमार्ग खन्ने काम जारी राखिएको छ भने स्टीमेट भन्दा बढि काम गनुृपर्ने देखिएको छ। २ फिट गहिरो मात्रै खाडल बनाउनुपर्ने योजना थियो भने अहिले धावनमार्गको ८ सय ५० मिटर लम्वाईमा साढे ४ फिट गहिरो खाडल खन्ने कार्य जारी रहेको धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले बताए। ‘अहिले सम्म अपेक्षकृत रुपमा निर्माणको काम अगाडी बढ्न सकेको छैन्।’उनले भने–तर पनि निर्धारित समयमै स्तरबृद्धिको कार्य सम्नेमा आशावादी छौ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले जेठ २१ ग्ते सम्म मात्रै धनगढी विमानस्थल बन्द गर्न सुचना प्रकाशन गरेकाले त्यस अगाडी नै धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य सक्नुपर्ने हुन्छ। तर अहिले सम्मको निर्माणको गति हेर्दा २१ गते नै निर्माण सकिनेमा आशंका बढेको छ। विभिन्न समस्याका बाबजुत निर्माण कार्य भईरहेकाले अपेक्षाकृत रुपमा गति लिन नसकेको निर्माणको जिम्मा पाएको लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभीका एक जना सञ्चालक रत्नवहादुर खड्काले बताए। ‘अहिले सम्म धावनमार्ग बाहेक अन्य क्षेत्रमा स्तरवृद्धिको कार्य सुरु समेत गरिएको छैन्।’ उनले भने–अहिले पुर्वपश्चिम राजमार्ग हुँदै अत्तरिया–मोहनापुल ६ लेन सडक भएर निर्माण सामाग्री ल्याउनुपर्दा समस्या भईरहेको छ। 

धनगढी–खुटीया खण्डमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाईएकाले समस्या भईरहेको हो। दैनिक सडकमा पानी हाल्ने सर्तमा निर्माण सामाग्री ल्याउन दिने सहमती भएपनि उक्त व्यवस्था गर्न नसक्ने निर्माण कम्पनीका सञ्चालक खड्काले बताए। 
नेपाल नागरिक उड्डयन प्राधिकरणले भने एक महिना भन्दा लामो समय सम्म धनगढी विमानस्थल बन्द गर्न नसकिने भएकाले रात दिन भएर पनि २१ ग्ते भित्रै धावनमार्गको काम सक्न निर्देशन दिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक तथा धनगढीमा निर्माण आयोजनाका प्रमुख रत्नवहादुर श्रेष्ठले अहिले पनि विमास्थल बन्द हुँदा समस्या भएकाले २१ गते भित्रै धावनमार्गको काम सक्ने र बाँकी विमानस्थल सुचारु अवस्थामै काम गर्ने तयारी रहेको बताए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले केन्द्रबाटै ठेक्का सम्झौता गरेपछि धावन मार्ग मर्मत, धावनमार्ग फराकीलो बनाउने कार्य र पार्कीङ क्षेत्र विस्तार गर्ने कार्य सुरु भएको थियो। धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। अव धावनमार्गमा थप कालोपत्रे गरिने छ भने जिर्ण बनेको क्षेत्रमा मर्मत भईरहेको छ। दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ। यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस