सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीमदत्तबाट एक लाख बढीको अवैध सामान बरामद

२०८० चैत्र १५, ०६:१२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरको छ।

जिल्लाको भीमदत्त नगरपालीका–१० विधुत कार्यालय अगाडीबाट अन्दाजी १ लाख १० हजार ८१५ मुल्य बराबरका कुर्ती, सुट, मोबिल, ग्रिस, जुत्ता, मिश्री र चिनी लगायतका सामान नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियनत्रणमा लिएको हो। नियन्त्रणमा लिएको सामान कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए।
 

कमेन्ट लोड गर्नुस