सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम ट्याक्टर दुर्घटनाका मृतकको सामूहिक अन्त्येष्टि

२०८० चैत्र १४, ०७:४५ खबर संवाददाता

अछामः अछाममा भएको ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका ५ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ।

जिल्लाको मेल्लेख गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनाका मृतक ५ जनाको आज बिराघाटमा अन्त्येष्टि गरिएको हो। चैत १२ गते सोमवार मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो।

दुर्घटनामा मेल्लेख–१ ऋषीदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय जनक धामी र २१ वर्षीय जनक धामीको मृत्यु भएको थियो। उनीहरू साँफेबगरमा विभिन्न निर्माणाधीन संरचना बनाउने साइटमा मजदुरी गर्न जाँदै थिए। प्रहरीले ट्याक्टर एक्कासी अनियन्त्रित भई दुर्घटना हुन पुगेको बताएको थियो।
 

कमेन्ट लोड गर्नुस