सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–१४ का पूर्व वडाअध्यक्ष चौधरी दुर्घटनामा परि घाइते 

२०८० चैत्र १४, ०९:५६ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–१४ का पूर्व वडाअध्यक्ष रामबजारी चौधरी दुर्घटनामा परि घाइते भएका छन्। मंगलवार साँझ मोटरसाईकल दुर्घटनामा परि चौधरी घाइते भएका हुन्। घाइते चौधरीको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

उनी खुटियादेखि घर तर्फ जाँदा धनगढी –१४ को साइनो चोकमा दुर्घटना भएको पारिवारिक स्रोतले जनाएको छ। चौधरी २०७४ सालमा एमालेबाट धनगढी उपमहानगरपालिका-१४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए।    

कमेन्ट लोड गर्नुस