सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोस्रो लेगमा पनि नेपाल बहराइनसँग पराजित

२०८० चैत्र १४, ०६:१८ खबर संवाददाता

काठमाडौँ: विश्वकप छनोट अन्तरगत दोस्रो लेगको खेलमा पनि नेपाल बहराइनसँग पराजित भएको छ। मंगलवार राति भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो। बहराइनको जीतमा सायेद महदी बाकेर, अब्दुल्लाह युसुफ हेलाल र कामिल अल–असवादले एक–एक गोल गरे। 

यसअघि गत बिहीवार खेलिएको बहराइनविरुद्धको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाली टोली ०–५ गोलको ठूलोअन्तरले पराजित भएको थियो। बहराइनविरुद्धको पहिलो खेलमा प्रारम्भदेखि नै नेपाली टोली निरीह बनेको थियो।

दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिचको एउटा खेल नेपालमा खेलिनु पर्ने थियो। तर, दशरथ रङ्गशालाको अवस्था सन्तोषजनक नरहेको कारण देखाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुईवटै खेल बहराइनमै खेल्ने सहमति जनाएको हो।

कमेन्ट लोड गर्नुस