धनगढीमा दार्चुला समितिले होली खेलेर उठायो एक लाख ८० हजार
धनगढी : धनगढीमा होली खेलेर मालिकार्जुन दार्चुला सेवा समितिले एक लाख ८० हजार रुपैयाँ सङ्कलन गरेको छ। धनगढीमा समाजले चैत ९ गतेदेखि हाली खेलेको थियो।
हाली खेलेर समाजले एक लाख ८० हजार रुपैयाँ सङ्कलन गरेको होली संयोजक लिलाधर भट्टले बताए। उनका अनुसार होलीको कार्यक्रम पूर्व उद्योग पर्यटन तथा वन मन्त्री रमेश धामीले सुरुवात गरेका थिए। दार्चुला जिल्लाबाट धनगढी आएकाहरूले समिति गठन गरेका हुन्। समितिले अन्य सामाजिक कामहरूसमेत गर्दै आएको छ।