सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली नागरिकले भोग्नु पर्ने दुःख समाप्त भयो : मुख्यमन्त्री राई

। फोटो स्रोत ।
२०७६ जेठ ६, ०१:५७ खबर संवाददाता

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले विकासको अभावमा नेपाली नागरिकले भोग्नुपर्ने दुःख अव समाप्त हुंदै गईरहेको बताएका छन्। सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्र, प्रदेश र स्थानीय सरकारले समृद्धिको साझा अभियानमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान चलाएकाले नागरिकको चाहना अनुसारको विकास हुनेमा जोड दिइने बताए। 

विजुली सुविधायुक्त सडक, स्वच्छ पिउने पानी, शिक्षा, स्वास्थ्य ,सिँचाइ लगायत  नागरिकको चाहनाबमोजिम उपलब्ध गराउने अभियानमा रहेको बताउंदै त्यस्का लागि केही समय लाग्ने तर सबै प्रकारका गरीबी र बेरोजगारी हटाउने अभियानमा ध्यान केन्द्रित रहने भन्दै देशको विकासका लागि नेपालीबीच एकता हुनुपर्ने आवश्यकता रहेको बताए। देश समृद्धिको यात्रामा अघि बढेकाले सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने समेत उनले बताए। 

कमेन्ट लोड गर्नुस