सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यकः प्रदेश प्रमुख मिया

२०८० चैत्र १२, ०६:१८ खबर संवाददाता

कैलाली: सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले धार्मिक सहिष्णुताका साथ मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन्।

अन्तर धार्मिक सद्भाव समन्वय सङ्घ नेपाल रुपन्देहीले आइतवार धनगढीमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले सो कुरा बताए। उनले धार्मिक र जातीय द्वन्द्व जस्ता गतिविधि हुन नदिन र सबै जातजाति, धर्मका मानिस बस्न र खेल्न पाउने वातावरण बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए। कुनै पनि धर्ममाथि कसैले हस्तक्षेप गर्न नमिल्ने उनले बताए।  

प्रदेश प्रमुख मियाले सुदूरपश्चिम धार्मिक रूपमा शान्त भएको बताउँदै सधैँ शान्त राख्न सजग भएर अघि बढ्नुपर्ने बताए। उनले धार्मिक सद्भाव सङ्घका तर्फबाट सम्मान गरिएको हो। सङ्घका उपाध्यक्ष चन्दा थापाले प्रदेश प्रमुख मियाको नेतृत्वमा रुपन्देहीमा केही महिना अघि सो संस्था गठन गरिएको जानकारी दिए। 

उनका अनुसार सो संस्थामा नेपालमा रहेका सबै धर्मका अगुवा सम्मिलित छन्। सो संस्था देशभर धार्मिक द्वन्द्व हुन नदिने गरी काम गर्न स्थापना भएको उपाध्यक्ष थापाले बताए। धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले मियाँको अध्यक्षतामा रुपन्देहीमा अन्तर धार्मिक सद्भाव सङ्घ गठन गरिएको थियो।

सङ्घका केन्द्रीय अध्यक्ष प्रदेश प्रमुख नियुक्त भएपछि सम्मान गर्न रुपन्देहीको टोली कैलालीको धनगढी पुगेको हो। सम्मान कार्यक्रममा रुपन्देहीका शोभाकर पौडेल, सुरेश थापालगायतले प्रदेश प्रमुख मियाको नियुक्तिका लागि बधाई र कार्यकालको सफलताको शुभकामना दिए।

कमेन्ट लोड गर्नुस