डोटीको जोरायलमा श्रमदानमा सडक निर्माण
डोटीः डोटीको जोरायल गाउँपालिका–३ मा स्थानीयले श्रमदान गरेर सडक निर्माण गरेका छन्।
स्थानीयले चनकट्टे – कनेडी जोड्ने कृषि सडक खण्डमा श्रमदान गरेर सडक निर्माण गरेका हुन्। उक्त सडकमा नदीका कारण वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ हुँदै आएकोले श्रमदान गरेर सडक निर्माण गरिएको स्थानीय तिर्थराज भट्टले बताए।
उनले श्रमदानमै २९ मिटर सडक आरसिसी ढलान गर्ने कार्य भइरहेको बताएका छन्। भट्टले पूर्ण श्रमदानमै आधारित उक्त कार्यमा वडाबासी तथा जोरायलबासी सबैले साथ दिएको बताएका छ। गाउँलेहरूको सडक निर्माण गर्ने अग्रसरता देखेर ३ नम्बर वडाका अध्यक्ष नवीन ओझाले आज (आइतवार) एक दिन प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आबद्ध सबैलाई उक्त कार्यमा समाहित गरी सहयोग पु¥याएका छन्।