सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको शिखरमा माटोको ढिस्कोमा पुरिएर चार महिला घाइते, एकको अवस्था गम्भीर

फाइल फोटो
फाइल फोटो
२०८० चैत्र १०, ०९:४७ खबर संवाददाता

डोटीः डोटीको शिखर नगरपालिकामा माटोको ढिस्कोमा च्यापिएर ४ जना महिला घाइते भएका छन्।

शिखर नगरपालिका–९ मा माटाको ढिस्कोले च्यापियर घाइते हुनेमा सोहि पालिकाका अन्दाजी २२ वर्षीया निर्मला रोस्यारा, १९ वर्षीया लक्ष्मी रोस्यारा, २९ वर्षीया दिपा रोस्यारा र ३९ वर्षीया सुना भुल रहेका छन्।

घाइते तीन जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए। माटोमा पुरिएका निर्मलाको भने उद्धार भइरहेको प्रक्ता श्रीवास्तवले बताए। घटनाको विस्तृत विवरण आउन बाँकी छ। प्रहरी घटनास्थलमा पुगेको छ।

कमेन्ट लोड गर्नुस