सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाङकी एक युवती लागुऔषधसहित गोदावरीमा पक्राउ

२०८० चैत्र ८, ०७:४० खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा एक जना युवती लागुऔषधसहित पक्राउ परेकी छन्।

गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित सार्थक होटलबाट अवैध लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने ४० मिलिग्रामसहित दाङको घोराही उपमहानगरपालिका–११ दुम्मरकी २४ वर्षीया शिखा डागीलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले होटल तलासी गर्ने क्रममा शिखालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस