कञ्चनपुरको गुलरियाका किशोर बेपत्ता
धनगढी : कञ्चनपुरको गुलरियाका किशोर बेपत्ता भएका छन। जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियाका १५ वर्षीय अनिल भण्डारी बेपत्ता भएका हुन्।
नवराज र हिरा भण्डारीका छोरा अनिल बिहिवार बिहान ८ बजेदेखि घरबाट बेपत्ता भएका परिवारका सदस्यले जनाएका छन्। स्थानीयले अनिललाई गुलरियाबाट धनगढीको गाडीमा चडेको देखेको बताएका छन्। तर, उनी परिवारको सम्पर्कमा आएका छैनन्।
उनलाई देख्नेले नजिकको प्रहरी वा ९८४३४१६०६५ मा सम्पर्क गरेर सहयोग गर्न आफन्तले भनेका छन्।