सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन घाइते

२०७६ जेठ ५, ०२:११ खबर संवाददाता

बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्। जिल्लाको देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप दशरथचन्द नगरपालिका– ११ नानीगाड भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मुत्यु भएको हो। 
दशरथचन्द नगरपालिका–१० बाराकोटका ४५ वर्षीय हिराबल्लभ भट्ट, ६५ बर्षिय लालमणी भट्ट, सोही ठाउँका ६५ वर्षीय नरुली भट्टको घटनास्थलमै ज्यान गएको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका– १० का प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीपचालक नवीन भट्ट घाइते भएका छन्। जीप सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस