सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्लादिमिर पुटिन पाँचौँ  पटक रूसको राष्ट्रपतिमा निर्वाचित

२०८० चैत्र ५, १०:३१ खबर संवाददाता

एजेन्सीः रूसी राष्ट्रपतिमा भ्लादिमिर पुटिन पुनः निर्वाचित भएका छन्।

उनले आफ्ना तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रपतीय चुनावमा निर्वाचित भएका हुन्। उनले चुनाव जित्ने पक्का नै थियो। निर्वाचन जितेसँगै ७१ वर्षीय उनी पाँचौं पटक राष्ट्रपति बनेका छन्। पुटिन सन् १९९९ देखि निरन्तर सत्तामा छन्। उनी रूसको इतिहासमा सबभन्दा लामो सरकार चलाउने नेता समेत बनेका छन्।

पुटिन सन् १९९९ मा केही महिनाका लागि प्रधानमन्त्री भएका थिए। राष्ट्रपतिको रूपमा उनको पहिलो कार्यकाल सन् २००० देखि २००४ सम्म र सन् २००४ देखि २००८ सम्म दोस्रो कार्यकाल थियो। सन् २००८ देखि २०१२ सम्म उनी दोस्रो पटक प्रधानमन्त्री भएका थिए। सन् २०१२ मा पुनः उनी २०१८ सम्म तेस्रो कार्यकालका लागि राष्ट्रपति भएका थिए। सन् २०१८ देखि २०२४ सम्म चौथो कार्यकालका लागि राष्ट्रपति भएका थिए।
 

कमेन्ट लोड गर्नुस