सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा तरकारीको मूल्य आकाशियो, गोलभेडा प्रितिकिलो एक सय ८०

२०७६ जेठ ५, ११:१८

विरवहादुर सिंह- तरकारीको माग अनुसारको उत्पादन नभएपछि धनगढीमा तरकारीको मूल्य आकाशिएको छ। तराईका दुई जिल्लामा दैनिक भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकाशिएको हो। तरकारीको मूल्य अत्याधिक बढेपछि सबैभन्दा बढी गरि खाने वर्ग समस्यामा परेका छन्। सबैभन्दा बढि गोलभेडाको भाउ बढेर १ सय ८० रुपैँया किलो पुगेको छ। पहिला प्रति किलो ४० रुपैयामा पाउने गरेकोमा अहिले धेरै गुणाले बृद्धि भएको हो। जस्ले गर्दा तरकारी खरिद गर्नै समस्या भएको धनगढी हसनपुरकी सपना पालले बताईन। यस्तै तरकारीको मुल्य बृद्धि भएपछि भाडामा बस्दै आएकाहरु प्नि समस्यामा परेको धनगढीकै अर्का स्थानीय प्रविन शाह गुनासो गरे।

अहिले पनि कैलाली र कञ्चनपुर जिल्लामा कृषकहरुले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएका छन्। त्यसैमा बेला–बेला चलेको हावाहुरीले समेत तरकारी उत्पादनमा असर पुगेको किसानहरुले बताएका छन्। एक्कासी तरकारीको मूुल्य आकाशिएपछि केही उपभोक्ता त तरकारी हेरेरै फर्किने गरेको धनगढीको हाट बजारमा तरकारी व्यवसायी गर्दै आएका रामलखन चौधरी बताए।

तरकारी हेर्छन अनि मुल्य भने पछि हासेर फर्किन्छन् उनले भने। किसानहरुले समयमै मलखाद नपाउने, इन्धन नपाउने र उत्पादन भएको तरकारी जोगाउनका लागि कोल्ड स्टोर समेत नहुँदा समस्या भएको हो। जस्ले गर्दा अहिले भारतबाट तरकारीको आयात निकै बढि हुने छ।

यता त्रिनगर हाट बजार व्यवस्थापन समितीका अध्यक्ष भगवान सिँह चैसिरले भने लामो समय सम्म परेको हावाहुरीले गर्दा तरकारी महंगोमा बेच्नु परेको बताए। किसानहरुले समयमै मलखाद नपाउने, तेल नपाउने र  तरकारीको कोल्ड स्टोर नहुँदा तरकारी त्यत्तिकै खेर जादै गरेको उनले बताए। भारतबाट अहिले तरकारीको अत्याधिक आयात हुँदा ग्रामिण क्षेत्रका किनासहरुले उत्पादन गरेको तरकारीले भने बजार पाउन सकेको छैन्। तर नियमनकारी निकाय भने उदासिन देखिएका छन । 

कमेन्ट लोड गर्नुस