ग्यास लिक भएर बैतडीका एक युवकको भारतमा मृत्यु
बैतडीः खाना पकाउने ग्यास लिक भएर बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ।
ग्यास लिक भएर आगलगाी हुँदा बैतडीको पुर्चौडी नगरपालिका-६ भूमिराज कफलढुङ्गाका २० वर्षीय मदन अवस्थीको भारतको बेंगलोरम मृत्य भएको हो। केहि दिन पहिले कोठामा खाना पकाउने बेला ग्यास लिक भएर आगलागी हुँदा उनी जलेर गम्भीर घाइते भएका थिए।
आगलागीबाट जलेर घाइते भएका अवस्थीको शुक्रवार उपचारको क्रममा अस्पतालमा मृत्यु भएको पुर्चौडी नगरपालिका वडा नम्बर-६ का वडा अध्यक्ष नरेन्द्र साउदले बताए। अवस्थी रोजगारीको सिलसिलामा एक वर्ष पहिले भारतको बेंगलोर गएका थिए।